Logo

२२ कात्तिक,काठमाडौँ । भूकम्पका कारण क्षति व्यहोरेका सामुदायिक रेडियोहरुका लागि उपकरण सहयोग गरेका छन् ।

सीआईएनका पूर्व प्राविधक प्रमुख रादिव महर्जनले २ वटा माइक, अडियो केवल उपलब्ध गराउनुभएको छ । उहाँले भूकम्पले क्षति पु¥याएका उपकरण मर्मतको सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

यस्तै, ब्रोडकाटिङ ग्रुपका तर्फबाट वसन्त श्रेष्ठले ६ वटा माइक्रोफोन सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गिरीलाई हस्तान्तरण गर्नुभयो ।

अध्यक्ष गिरीले संकलित सामग्री क्षति पुगेका रेडियोहरुलाई उपलब्ध गराइने बताउनुभयो । यसका लागि अकोराब र सीआईएनको टोली भूकम्प प्रभावित क्षेत्रमा गएको र उहाँले भूकम्पका कारण धेरै सामुदायिक रेडियोमा पूर्ण र आंशिक क्षति ब्यहोरेको उल्लेख गर्दै सहयोग गर्न दाताहरुलाई अनुरोध गर्नुभयो । सीआईएन


सम्बन्धित समाचार