Logo

२२ कार्तिक,पचगावाँ । पर्साको सखुवाप्रसौनी गाँउपालिकाको जमुनिया खोलाबाट अवैध रुपमा गिट्टी–बालुवा उत्खनन् गरी चोरी निकासी गर्ने एउटा ट्याक्टर नियन्त्रणमा लिइएको छ ।

गाउँपालिका अध्यक्ष यशवन्त यादवले खोलाबाट अबैध रुपमा गिट्टी–बालुवा उत्खनन् भइरहेको गुनासो आएपछि अनुगमन गर्नुभएको थियो । सोही क्रममा खोलाबाटै उहाँले एउटा नम्बर नखुलेको ट्याक्टर नियन्त्रणमा लिनुभएको हो ।

बालुवा सहितको उक्त ट्याक्टरलाई गाँउपालिका कार्यालयमा १० हजार जरिवाना काटेर ४ बजे छाडिएको गाउँपालिका अध्यक्ष यादवले बताउनु्भयो ।


सम्बन्धित समाचार