Logo

२२ कात्तिक,पोखरिया। पर्साको पोखरिया नगरपालिकाकी उपप्रमुख रूबी ठाकुरको नेतृत्वमा पोखरिया बजार अनुगमन गरिएको छ । पोखरीयामा कुखुराको मासु महंगो दरमा बिक्रि गरेको जनगुनासो बढेपछि आज अनुगमन गरिएको छ ।

कुखुराको मासु प्रतिकिलो ३४० मा बिक्री वितरण भएको, मासु पसलमा भारतिय ढक तराजु प्रयोग भएको, खुला ठाउँमा झिंगा भन्केको मासु बिक्री वितरण हुने गुनासोको आधारमा सोको नियन्त्रणको लागि अनुगमन गरिएको हो ।

अनुगमन पश्चात मासु २८० मा बिक्रि गरिनुपर्ने र शुद्ध मासु बिक्री गर्नुपर्ने लगायतका विषयमा सहमति भएको छ ।

अनुगमन गर्ने टोलीमा पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तव, शिक्षा शाखा प्रमुख विजय कुमार झा, पोखरिया पशु सेवा शाखा प्रमुख कौशलेंद्र झा, सामाजिक विकास शाखा प्रमुख बाल्मिकी रौनियार, ललन पटेल, पोखरिया नगरपालिकाका नगर प्रहरीको टोली, पत्रकार लगाएतका सरोकारवालाहरुको उपस्थिति थियो ।


सम्बन्धित समाचार