Logo

२२ कार्तिक, बारा ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ को कार्यालयले आर्थिक अवस्थाका कारण उच्च शिक्षा अध्ययन गर्न नपाएका पाँच विद्यार्थीलाई पूणर् छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।

आर्थिक अभावले स्नातक तहको अध्ययन छाडेका वा पढ्न नपाएका विद्यार्थीमध्ये पाँच जनालाई पूणर् छात्रवृत्ति उपलब्ध गराउने निणर्य वडा कार्यालयले गरेको हो ।वडाध्यक्ष हरिदेव खरेलले एक सूचना जारी गर्दै वडाभित्र बसोबास गर्ने विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्ने चाहना भए सम्पर्क गर्न आग्रह गरेका छन् ।

वडा कार्यालयमा सम्पर्क गर्ने विद्यार्थीमध्ये पाँच जनालाई अध्ययनका लागि वडा कार्यालयले सहयोग गर्ने वडाध्यक्ष खरेलले बताउँनुभयो ।उहाँले बिद्यार्थीले डुमरवाना बहुमुखी क्याम्पसमा कुनै पनि संकायमा अध्ययन गर्न ब्यस्था मिलाइएको जानकारी दिनुभयो ।विद्यार्थीले आफूहले चाहेको संकायमा अध्ययन गर्न सक्ने र सोका लागि लाग्ने सम्पूणर् खर्च वडा कार्यालयले व्यहोर्ने वडाध्यक्ष खरेलले बताउँनुभयो ।


सम्बन्धित समाचार