Logo

२३ कात्तिक,पर्सागढि। पर्साको पर्सागढि नगरपालिका वडा नं. ३ बिरुवा चौकमा नवनिर्मित आधारभुत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन समारोह तथा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

पर्सागढि नगरपालिकाका नगरप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि गोकर्ण पाठकले भवनको उद्घाटन गर्दै पर्सागढिका नागरिकका लागि सर्वसुलभ र गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्न आफू लागि परेको जानकारी दिनुभयो ।

पालिकाको २४ लाखको लागतमा निर्मित ३ कोठे भवनको उद्घाटन उहाँले गर्दै आफ्नै कार्यकालमा पालिकाभित्र १५ शैय्याको सुविधा सम्पन्न हस्पिटल निर्माणमा लागेको बताउनुभयो । उद्घाटन कार्यक्रममा पर्सागढि नगरपालिकाको आयोजनामा आयोजित रक्तदान कार्यक्रममा ६ जना महिला सहित ५१ जनाले रक्तदान समेत गरेका छन् ।

नेपाल रेडक्रस रक्तसञ्चार केन्द्र पर्साका प्राविधिक धिरेन्द्र झा, नमित चौरसिया, अजय साह, सिन्धु टण्डन लगायतले प्राविधिक सहयोग गर्नुभएको थियो । कार्यक्रममा पर्सागढिका उपप्रमुख पुजा चौधरी, कार्यपालिका सदस्य सीता लामा, चन्द्र देवी, सबिता गिरी, मोहनलाल महतो, लक्ष्मी बिक, भवन निर्माणका अध्यक्ष धर्मराज दास लगायतको सहभागीता रहेको थियो ।

 


सम्बन्धित समाचार