Logo

२३ कात्तिक,वीरगञ्ज । संघिय सरकार मातहतमा रहेको वीरगञ्जको नारायणी रंगशाला पून : विभेदमा परेको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले ३ वटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर निर्माण अघि बढाउने निणर्य गरेको छ । सरकारकी प्रवक्ता समेत रहेकी सञ्चारमन्त्री रेखा शर्माका अनुसार मूलपानी, चितवन र विराटनगरमा निर्माणाधीन रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरिएको छ ।

तर सरकारको बेवास्ताको कारण वीरगंजको रहेको नारायणी रंगशाला र क्रिकेट मैदान फेरि पनि ओझेलमा परेको हो । स्थानीय, प्रदेश र संघीय सरकारको लापरवाहीका कारण दशरथ रंगशाला पछि देशकै दोस्रो ठूलो गौरवको रुपमा रहेको वीरगञ्जको नारायणी रंगशाला भग्नावशेषमा परिणत हुँदै गएको छ ।

वि.स २०४२ सालमा स्थापना भएको नारायणी रंगशाला मर्मत सम्भारमा ध्यान नदिँदा दिनहुँ जिणर् बन्दै गएको हो । भेट्रान सिटी क्लब वीरगञ्जका महासचिव पंकज श्रेष्ठले तीनै तहका सरकारको बेवास्ताका कारण वीरगञ्जको नारायणी रंगशाला र क्रिकेट मैदान ओझेलमा परेको जनाए ।

३४ वर्ष पुरानो उक्त रंगशाला १८ बिघा क्षेत्रमा फैलिएको छ । खेलकुद मैदान दिनहुँ जिणर् बन्दै जाँदा वीरगञ्जमा खेलकुद गतिविधिमा कमी आउनु र खेलप्रेमी निराश बन्दै गएको उनको भनाइ छ । यो समस्याले राष्ट्रिय खेलाडी उत्पादनमा पनि समस्या बढेको बताए ।

वीरगञ्जमा विगत पाँच वर्षपछि अन्र्तराष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना गरिएको महासचिव श्रेष्ठले जनाए । उनले संघ र प्रदेश सरकारले उपेक्षा गरिरहेको अवस्थामा स्थानीय स्तरमै पनि अन्र्तराष्ट्रिय स्तरको प्रतियोगिता गर्न सकिन्छ भन्ने सन्देश फैलाउन प्रतियोगताको आयोजना गरिएको बताए ।

श्रेष्ठले भने, ‘वीरगञ्जमा रहेको देशकै दोस्रो ठूलो नारायणी रंगशाला जीणर् अवस्थामा छ । त्यसको जीणर्ेद्वारका लागि न त संघ सरकारले ध्यान दिएको छ, न त प्रदेश सरकारकै चासो छ ।, उनले थप्दै भने, ‘सरकारले उपेक्षा गरेपनि वीरगन्जका हामी खेलप्रेमी आँफैले अन्र्तराष्ट्रिय स्तरको फुटबल प्रतियोगिता गर्न सक्छौ ।’

मधेस प्रदेशकै सबैभन्दा उच्च धनराशीको वीरगञ्ज गोल्डकप फुटबलमा प्रतियोगिता कार्तिक १८ गतेदेखि २५ गते सम्म चल्ने छ । प्रतियोगितामा नेपालका ६ र भारतका दुई गरी कूल आठ टिम सहभागी छन् ।


सम्बन्धित समाचार