Logo

फाइल तस्बिर

२३ कात्तिक,सिम्रौनगढ। बाराको सिम्रौनगढ नगरपालिका अन्तगतका स्वास्थ्यकर्मीहरु आजदेखि औषधि ब्यवस्थापन र तलब भत्ताको माग गर्दै धर्नामा बसेका छन् ।

सिम्रौनगढ वडा नं.७ स्थित स्वास्थ्य चौकी लगायत नगरपालिकाका सम्पूृर्ण स्वास्थ्यकमीले विभिन्न माग राख्दै धर्नामा बसेका हुन् । उनीहरुले नितिगत निर्णय गरि औषधीको उचित ब्यवस्थापन गर्नुपर्ने, स्वास्थ्यकर्मीहरुको बक्यौता रहेको तलब भत्ता उपलब्ध गराउनुपर्ने र अन्य सेवा सुविधा अविलम्ब ब्यवस्थापन हुनुपर्ने माग राखेका छन् ।

स्वास्थ्यकर्मी समिति सिम्रौनगढका अध्यक्ष मनु यादवको नेतृत्वमा धर्नाको आयोजना भएको हो ।


सम्बन्धित समाचार