Logo

२३ कात्तिक,सेढवा। जय हिन्द एभरेष्ट क्लब इनरवा भारत पर्साको जिराभवानी गाँउपालिका–३ मा जारी परसवा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । इनरवाले त्रिशुल क्लब बकुलियालाई एकको विरुद्ध दुई गोलले पराजित गरी फाइनलमा स्थान बनाएको हो ।

पहिलो हाफमा इनरवाका जर्सी नं ९ को फ्लिपोले १ गोल गरी टिमलाई अग्रता दिलाएका थिए । बकुलिकाका जर्सी नं १४ का सुशान्त चौधरीले गोल गरी खेललाई बराबरीमा ल्याएका हुन् । पहिलो हाफमै इनरवाका नाओबीले एक गोल गरी टिमलाई अघि ल्याएका थिए ।

आजको खेलमा इनरवाको नाओबी म्यान अफ दि म्याच घोषित भए । उनलाई जिराभवानी गाउँपालिका वडा नं ३ का वडाध्यक्ष सुरज राय थारुले ट्रफी प्रदान गरे । खेलमा बकुलियाका एक÷एक जना खेलाडीले रातो र पहेलो कार्ड पाएका थिए ।

त्यस्तै इनरवाका दुई जना खेलाडीले पहेलो कार्ड पाएका छन् । परसवा गोल्डकपको उपाधीका लागि निचुटा यूथ क्लब र इनरवा भारत खेल्नेछन् ।

फाईनल तथा अन्तिम खेल यहि शनिवार दिउँसो २ देखि सुरु हुने आयोजकले जनाएको छ ।

 


सम्बन्धित समाचार