Logo

२३ कात्तिक,वीरगञ्ज । पर्सामा सशस्त्र प्रहरीले बरामद गरेको भारतीय तस्करीको एक ट्याक्टर धान स्थानीयले लुटेर लगेका छन् । पर्साको छिपहरमाई गाउँपालिकास्थित भेडिअर्वा टिहुकीका स्थानीयवासीले प्रहरीले बरामद गरि नियन्त्रणमा लिएको धान लुटेर लगेका हुन् ।

भारतको वसन्तपुर नाकासँग जोडिएको पर्साको भेडिअर्वा हुँदै बुधबार धान लोड रहेको ट्याक्टर नेपाल भित्रिएको अवस्थामा सशस्त्र प्रहरीले चेकजाँच गरिरहेको बेला स्थानीयहरूले लुटपाट गरेर लगेको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनाबारे जानकारी आएपछि बोर्डर आउट पोष्ट मिर्जापुरका सशस्त्र प्रहरी निरीक्षक केशव सुबेदीलाई सशस्त्र प्रहरी गण नम्बर १३ वीरगन्जमा तानिएको छ र उनको ठाउँमा कपिल गिरीलाई पठाइएको सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्यले जानकारी दिनुभयो ।

धान लुटिएको घटनाका बारेमा अनुसन्धान भइरहेको पनि सशस्त्र प्रहरी उपरीक्षक कर्माचार्यले बताउनुभयो । सशस्त्र प्रहरीकै अगाडी स्थानीयले धान लुटेर लैजाँदा समेत प्रहरी मूकदर्शक भएको आरोप प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनामा सशस्त्र प्रहरी मौन रहनुले लुटपाटमा सशस्त्र प्रहरीको मौन समर्थन देखिएको आरोप लगाइएको छ ।साभार रेडियो नेपाल


सम्बन्धित समाचार