Logo

२४कात्तिक, वीरगञ्ज । नेपालीको दोस्रो ठूलो पर्व तिहार आजबाट सुरु भएको छ । यमपञ्चकको पहिलो दिन लक्ष्मी उत्सव शुरु भएको मानिन्छ । यमपञ्चकको हरेक दिनको विशेष मान्यता रहेको छ ।

आज धन त्रयोदशी अर्थात धनतेरस विषेशगरि तिहारको किनमेलका लागि उपयुक्त दिनका रुपमा मानिन्छ । यसैले आज बजारमा किनमेल गर्नेहरुको घुइँचो लाग्ने गर्दछ । आजको दिन किनमेल गरिएका सामान राखेर धनकी देवी लक्ष्मीको पुजा गरेमा माता खुशीभइ धनधान्यले पूर्ण हुने धार्मिक विश्वास रहेको छ ।

आजको दिन देवी लक्ष्मी र भगवान गणेशको मूर्ति घरमा ल्याउँदा शुभ हुने मानिन्छ । यसैगरि, आज खरिद गरिएका भाँडाकुडा र आभूषण अरुलाई नदिइ आफुले नै राख्नुपर्ने मान्यता रहेको छ ।

धनतेरसमा गर्नु पर्ने कामहरु

दियो बाल्ने :
धन्तेरसको दिन साँझमा एउटा दियो बालेर त्यसको नजिक एउटा कौडा राखिदिनुपर्छ । त्यो कौडालाई रातो कपडामा बेरेर सेफ अथवा पैसा राख्ने ठाउँमा राख्नुपर्छ । त्यसो गर्दा घरमा कहिल्यै पैसाको कमी हुँदैन भन्ने धार्मिक मान्यता छ ।

यो मन्त्रका साथ जप गर्नुपर्छ :

साँझ पूजा गर्दा १०८ पटक ‘ओम यक्षाय कुवेराय वैश्रववाय, धन–धान्यधिपतये धन–धान्यसमृद्धिममदेहीदापय स्वाहा’ भन्दै कुवेरको मन्त्रको जप गर्नुपर्छ । यसो गर्दा धनको कमी हुँदैन भन्ने किंवदन्ती छ ।

२१ वटा चामलको अक्षता लिएर अभिमन्त्रित गर्नुपर्छ

राति बिउहरुबाट अभिमन्त्रितत गरिएको २१ वटा चामलको अक्षतालाई रातो थैलीमा बाधेर लक्ष्मी–कुवेरको पूजा गर्नुपर्छ । अभिमन्त्रित गरिएको अक्षतालाई धनसँग राख्नुपर्छ । यसो गर्नाले सबै आर्थिक रुपमा भएका सम्पूर्ण समस्याहरु कम हुन्छ भन्ने धार्मिक मान्यता छ ।

श्रीसूक्तको पाठ गर्नुपर्छ

धन्तेरसदेखि भाइटीकासम्म नित्य रात्रिमा ११ वटा कौडालाई रातो वस्त्रमा राखेर श्रीसूक्तको पाठ गर्नुपर्छ । भाइटीकापछि त्यसलाई धनसँग राख्नुपर्छ । यसो गर्दा तपाईलाई लाभ हुन्छ भन्ने विश्वास छ ।

चाँदीको सिक्का

धन्तेरसमा चाँदीको सिक्का र काँचो बेसारको टुक्रालाई पूजा गर्नाले जीवनमा उन्नती र प्रगति प्राप्त हुने मानिन्छ ।

धन सम्बन्धी समस्याको कमी

यदि तपाईसँग पैसा टिक्दैन र धनको कमी हुन्छ भने धन्तेरसदेखि लक्ष्मी पूजाको दिनसम्म हरेक दिन माता लक्ष्मीलाई एक जोडी ल्वाङ चढाउनुपर्छ । यसोगर्दा पैसा टिक्न थाल्छ ।

धनसँगै सम्मान पनि प्राप्त हुन्छ भन्ने विश्वास

ज्योतिष शास्त्रका अनुसार चमेरो बसेको रुखको हाँगा भाँचेर घरमा ल्याउनुपर्छ र यसलाई बैठक कोठामा राख्नुपर्छ । यसो गर्नाले तपाईको रोकिएको काम पूरा हुन्छ ।

पर्समा राख्नुपर्ने कुरा

धन्तेरसको दिन कुनै तेस्रो लिंगीको हातबाट पैसा लिएर आफ्नो पर्समा राख्नुपर्छ । त्यसो गर्नाले तपाईले जिन्दगीमा धेरै सफलता प्राप्त गर्नुहुन्छ ।

श्रीयन्त्रको पूजा

धन्तेरस र लक्ष्मी पूजामा श्रीयन्त्रको पूजा गर्नाले जीवनमा कहिल्यै पैसाको खाँचो पर्दैन ।


सम्बन्धित समाचार