Logo

२४ कार्तिक, वीरगञ्ज । हरेक वर्ष झै यस वर्ष पनि नगवा पोखरीमा छठ पुजा गर्ने भक्तजनको एउटै सवाल छ, कहिले पुरा हुन्छ पोखरी सौन्दर्यीकारणको काम ?

वीरगञ्ज महानगरपालिका वटा नं १६ मा रहेको नगवा पोखरीको सौन्दर्यीकारणको काम नहुदाँ पुजा गर्दा आम सर्वसाधारणलाई समस्या हुने गरेको छ । मधेश प्रेदशका पुर्व मुख्यमन्त्री लालबाबु राउत गद्दीले चार बर्ष अगाडि सुरु भएको वीरगंज स्थित नगवा पोखरी सौन्दर्यीकरण निर्माण कार्यको अवस्था लथालिगं भएको छ ।

२०७६ साल बैशाख २३ गते पोखरी निमार्णको सम्झौता भई काम सुरु भएको थियो । पुर्व मुख्यमन्त्री पोखरीको सौन्दर्यीकारण गर्दा नगवा वासी भने खुसी भएका थिए । चार वर्ष भईसक्दा पनि पोखरी निमार्णको कार्य भने ५० प्रतिशत समेत पुरा भएको छैन ।

निर्वाचन अगावै गद्दीले नगवामा ठूलो परिवर्तन ल्याउने उनले घोषणा गरेका थिए । उनी २०७४ साल फागुन ३ गते मुख्यमन्त्री बन्ने वित्तिकै लालबाबु राउत गद्दीले सबै भन्दा बढि मतपाएको वीरगंज महानगरपालिकाको वडा नं. १६ नगवा नै हो ।

पोखरीको अवस्था लथालिगं भएको कारण छठ पुजा लगात यहा लाग्ने मेलामा पनि धैरे कठिनाई भइरहेको स्थानीय मिरा देवीको भनाई छ । छठ पर्वको बेला महानगरले पोखरीको सरसफाई गरेको छ ।

उनले भनिन् ४ वर्ष देखि पोखरीको अवस्था यस्तै छ, सरसफाई मात्र हुन्छ, चुनावको बेला पनि कति नेताहरुले यसको पहल हामी गछौँ भनेका थिए । तर यस वर्ष पनि हामीलाई निरासा नै पाएका छौँ, पहिले छठ पुजा गर्दा राम्रो लाग्थ्यो । चारै तिरबाट खुला र सफा हुन्थ्यो यो पोखरी । तर अब त्यस्तो छैन् ।

वीरगन्ज महानगरिपालिका वडा नं. १६ मा पर्ने एतिहासिक नगवा पोखरी अहिले लथालिङ्ग अवस्थामा पुगेको छ । मधेस प्रदेश सरकारले पोखरी सौन्दर्यीकरणको योजना लागु गरेको तीन बर्ष वित्दा पनि निर्माणकार्य अलपत्र अवस्थामा छ ।

मुख्यमन्त्री कार्यालयको प्रत्यक्ष निगरानीमा सुरु गरिएको यो परियोजनाको ठेक्का १० करोड १ लाख ३० हजार ६ सया ९ रुपैयामा एम एस प्रेरा, रन्जन जेबि ललिपुरले सकार गरेको छ । तर निर्माणको काम पूर्वमुख्यमन्त्रीकै विश्वासिलो पात्र एवम पार्टीका प्रदेश सभासद सिगांसन साह कलवारले एक बर्षमा निमार्ण कार्य सम्पन्न गर्ने भनेका थिए ।

पहिलो पटक नभएर तर दोश्रो पटक म्याद थपिने अवस्थामा पुगे पनि निर्माण कार्यको प्रगति ५० प्रतिशत मात्र भएको देखिन्छ । गतबर्ष छुट्याइएको रकम समेत फ्रिज भएको थियो ।

चिनजान आसेपासेलाई ठक्का दिने, ठेक्कामा घाटा हुने भएपछि योजनालाई लम्बयाउँदै मुल्यबृद्धिको नाममा लगानी रकमलाई दोब्बरसम्म पु¥याउने, उपभोक्ताको बहानामा कार्यकर्तालाई लाखौको कामदिने जस्ता विकृत्तिका कुरा यो पछिलो सरकारको संस्कार नै बनेको थियो ।

प्रदेशकै मुख्यमन्त्री कार्यालयको निगरानीमा हुने, उनकै क्षैत्रको बिकास योजनाको अवस्था लथालिगं भए पुरा प्रदेशको बिकास त राम भरोसे हुने नै भयो ।


सम्बन्धित समाचार