Logo

२४कात्तिक,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बरामद गरेको करिब ८ लाख मुल्य बराबरको पटकाजन्य वस्तुहर नष्ट गरेको छ ।
चाँडबाड लक्षित सुरक्षा योजनाअन्तर्गतको प्रहरी टोली विभिन्न समयमा विभिन्न मितिमा बेवारिसे अवस्थामा बरामद गरेको पटकाजन्य वस्तु नष्ट गरेको पर्सा प्रहरीका प्रवक्ता कुमारविक्रम थापाले जनाए ।
उनका अनुसार भारतबाट लुकाइछिपाइ ल्याइएको आतिसवाजी तथा पटकाजन्य वस्तु जनप्रतिनिध तथा सञ्चारकर्मीहरुको रोहबरमा नष्ट गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय नजिकै रहेको खाली जग्गामा खाल्डो खनी त्यहीँ पानी राखेर पटकाजन्य वस्तु नष्ट गरिएको पर्सा प्रहरी प्रवक्ता थापाको भनाइ छ ।
प्रहरीले आलू बम, चकलेट बम, नागिना, फुलझरी, अठाइसा, छुरछुरे,रकेटसहित करिब २० प्रकारका पटकाजन्य वस्तु नष्ट गरिएको पर्सा प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार