Logo

२६कात्तिक,बारा । निर्माण व्यवसायी संघ जीतपुरसिमराको प्रथम अधिवेशनले दीपककुमार ठाकुरको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत् चयन गरिएको छ ।

सिमरास्थित खानेपानी तथा सरसफाई उपभोक्ता समितिको सभाहलमा सम्पन्न अधिवेशनले समितिको उपाध्यक्षमा नारायणप्रसाद घिमिरे, सचिवमा राजेन्द्र गौतम, कोषाध्यक्षमा रामकुमार अर्याल, सहसचिवमा अर्जुन लामिछानलाई चयन गरेको छ ।

यस्तै समितिको सदस्यमा बिनयकुमार साह कानु, कुन्दन चौधरी, नवीन अधिकारी, सकिल हुसेन, बलराम क्षेत्री, निराजन खरेल रहेका छन् ।अधिवेशनले तीन सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ ।

कासिम हुसेनको संयोजकत्वमा चयन गरिएको सल्लाहकार समितिको सदस्यमा किशोर त्रीपाठी र ज्ञानेन्द्रकुमार ढकाल रहेका छन् ।यसअघि अधिवेशनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले निर्माण व्यवसायी संघले व्यवसायी हकहितका लागी अझ सक्रिय भएर लाग्न आवश्यक रहेको बताए ।

नगर प्रमुख पौडेलले निर्माण व्यवसायीलाई गुणस्तरीय काम गर्न र आफूले लिएका काम समयमै सम्पन्न गर्न समेत आग्रह गर्नुभएको थियो ।

 


सम्बन्धित समाचार