Logo

२७ कात्तिक,वीरगञ्ज । नेपालीहरुको महान चाँड दिपावली र छठ पर्वलाइ मध्यनजर गर्दै मधेश प्रदेश प्रहरीले १३ बुदँे अनुरोध पत्र सार्वजनिक गरेको छ ।

‘नागरिक र प्रहरीको सहकार्य, अपराध रोकथामका लागि अनिवार्य भन्ने स्लोगनका साथ मधेश प्रदेश प्रहरी कार्यालयले १३ बुँदे अनुरोध पत्र सार्वजनिक गरेको हो ।

मधेश प्रदेश प्रहरीले जारी गरेको १३ बुँदे अनुरोधको पहिलो नम्बरमा सामाजिक सद्भाव भड्किने किसिमको क्रियाकलाप नगरौं÷ नगराऔं भन्ने अनुरोध गरेको छ ।

यसको दोस्रो नम्बरमा भने अपरिचित व्यक्तिले दिएको खानेकुरा नखाऔं भनेको छ । महंगा गरगहना, धेरै नगद, बहुमुल्य सामान तथा महंगा मोबाइल फोनसहित भीडभाँडमा नजाऔं भनेर तेस्रो नम्बरमा अनुरोध गरेको छ ।

यसैगरी त्यसपछि क्रमश यी अनुरोध गरेको छ, ‘घर तथा पसलबाहिर जाँदा घरको झ्याल र ढोका राम्रोसंग बन्द गरौं,बन्द गरेको छ÷छैन एकिन गरौं । सकेसम्म साइरन जडित ताल्चाको प्रयोग गरौं । साथै लामो समयसम्म घर पसल छाँडी जानु परेमा छिमेकी वा नजिकको प्रहरीलाई खबर गरेर जानुहोला ।’

यसपछि आर्थिक कारोबार डिजिटल प्रविधिबाट मात्रै गर्न र मोबाइलको ओटीपी गोप्य राख्न सुझाएको छ । अनुरोधको ७ नम्बरमा सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत तथा यात्राको विवरण नराख्न आग्रह गरेको छ ।

यसैगरी जुवा तास जस्तो हारजीत हुने खेल नखेल्न आग्रह गरेको छ भने अनिवार्य हेल्मेट लगाएर मात्र यात्रा गर्न सुझाएको छ ।
दशौं नम्बरमा मोटरसाइलकमा ३ जना बसी सवारी नचलाऔं भनेको छ भने यसको ११ नम्बरमा माद्यक पदार्थको सेवनविनै सवारीसाधन चलाउन आग्रह गरेको छ ।

त्यसपछि ट्राफिक नियमको पूर्णरुपमा पालना गरी हर्षोल्लासका साथ चाँडपर्व मनाउन अनुरोध गरेको हो । यीबाहेक इमरजेन्सी परे तुरुन्त प्रहरीको १०० नम्बरमा फोन गर्न मधेश प्रदेश प्रहरीले अनुरोध गरेको छ ।

आपराधिक कार्यलाई निर्मुल पार्नको लागि चाडबाड लक्षित १३ बुँदे अनुरोध पत्र सार्वजनिक गरिएको मधेश प्रदेश प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार