Logo

२७ कात्तिक,वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल जगरनाथपुर गाउँपालिका एकाइ समिति वडा न ५ मसिहानीद्वारा शुभदिपावली र छठ पर्बको शुभकामना आदानप्रदान कार्यक्रम सप्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी जनता समाजवादी पार्टी नेपालका केन्द्रिय कार्यकारिणि समिति सदस्य एवम् मधेस प्रदेश सरकारका पूर्व मुख्यमन्त्री लालबाबु राउतले मधेसीको आन्दोलनले गर्दा नै आज मधेसी, आदिवासी जनजाति, मुस्लिमहरु र अन्य शोषण उत्पीडनमा परेकाहरु देशको मुलधारमा प्रवेश गरेको जानकारी दिनुभयो ।

समय बदलिदो क्रममा रहेकाले अबको युग दलित, आदिवासी जनजाति मुस्लिमको नै हुनेमा आफू विश्वस्त रहेको उहाँको भनाइ छ । पूर्व मुख्यमन्त्री राउतले आफ्नो कार्यकालमा सो क्षेत्रमा ३ वटा पुल निर्माणको लागी योजना ल्याएको र अहिले सम्पन्न भएपछि त्यस क्षेत्रका जनतालाई आवतजावतमा सहज भएको बताउनुभयो ।

उहाँका अनुसार अहिले देशको एजेन्डा नै जनता समाजवादी पार्टीले अघि सारेको एजेन्डा छ । त्यस्तै कार्यक्रममा मधेश प्रदेशका उर्जा सिचाँई तथा खानेपानी मन्त्री सिंहासन सा कलवारले आफ्नो मन्त्रालयले गर्ने सम्पुर्ण सहयोग त्यस क्षेत्रका जनताको लागि उपलब्ध गराउने आश्वासन दिनुभयो ।


सम्बन्धित समाचार