Logo

२७ कात्तिक,वीरगञ्ज । वीरगञ्ज कारागारमा रहेका ७२ महिला कैदीबन्दीलाई खाद्यन्न तथा लत्ताकपडा वितरण गरिएको छ ।

ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको आयोजना तथा रुङ्गटा वेलफेयर सोसाइटी वीरगञ्जको सहयोगमा एक कार्याक्रमको आयोजना गरि कारागारभित्रै छठ पर्व मनाउन महिलाबन्दीलाई उक्त सामग्री वितरण गरिएको हो ।

सो क्रममा प्रत्येकलाई एक÷एक पिस गरि कुल ७२ पिस साडी र दुई/दुई किलोको दरले पिठो वितरण गरिएको केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार