Logo

फाइल तस्बिर

२७ कात्तिक,बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २ मा भएको बिबाहित युवा र अबिबाहित युवा बिच भएको मैत्रीपुर्ण फुटबल प्रतियोगितामा अबिवाहित युवा टिम बिजय भएको छ ।

राधाकृष्ण मध्वर्ती सामुदायिक बन उपभोक्ता समितिको खेल मैदानमा आज भएको खेलमा निर्धारित समयसम्म दुबैले बराबरी गोल गोल गरेपछि खेल ट्राईबेकरमा गएको थियो ।

ट्राईबेकरमा अबिबाहित युवा टिमले ४–२ को अन्तरले बिजयी भएको छ । चाडपर्वमा खेलकुदलाई प्रोत्साहन गर्ने उद्देश्यले खेलको आयोजना गरिएको थियो ।


सम्बन्धित समाचार