Logo

२८ कात्तिक,वीरगञ्ज । वीरगञ्जमा बिराट कुस्ती दंगल प्रतियोगिताको आयोजना हुने भएको छ ।
आउने मंसिर ४ र ५ गते वीरगञ्ज १४ गण्डकको बहुअरीमा बिराट कुस्ती दंगल प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक समितिले जनाएको छ ।

नेपाल र भारतका चर्चित कुश्तीबाजहरुको सहभागितामा विराट कुश्ती दंगल प्रतियोगिता आयोजना हुने भएको छ।

मंगलबार (आज) वीरगञ्जमा पत्रकार सम्मेलन गरेर आयोजकले उक्त प्रतियोगिताबारे जानकारी गराएको हो ।

कुस्ती खेलप्रति नयाँ पुस्तालाइ आकर्षित गर्न र उत्साह बढाउन कुश्ती दंगल आयोजना गर्न लागिएको आयोजक समितका महाबीर प्रसाद यादवको भनाइ छ ।
दुइ दिनसम्म चल्ने कुस्ती प्रतियोगितमा नेपाल र भारतका गरी करिब अढाइ सय जना कुस्तीबाजहरुले भाग लिइरहेको आयोजक समितिको दाबी छ ।

मेला समितिका अनुसार नेपालका चर्चित कुस्तीबाज देवा थापा, महाबीर थापासहित बारा, पर्सा र नवलपरासी लगायतका जिल्लाहरुबाट नाम चलेको कुस्तिबाजहरुले भाग लिइरहेका छन ।

भारतबाट भने दिल्ली, गोरखपुर, हरियाणा, बनारससहितका कुस्तिबाजहरु भाग लिइरहेको आयोजक समितिले जनाएको छ ।


सम्बन्धित समाचार