Logo

जनकपुर, कार्तिक २९ । नेकपा एकीकृत समाजवादी महोत्तरीका अध्यक्ष कौशिलाल यादवसहितका दर्जन भन्दा बढी नेता कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् ।

महोत्तरीमा एमालेले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नवप्रवेशीहरुलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एसका जिल्ला अध्यक्ष यादवसहितका नेता कार्यकर्तालाई पार्टीमा फर्काउँदै प्रवेश गराएका हुन् ।

नवप्रवेशी यादवसँगै एकीकृत समाजवादी महोत्तरीका जिल्ला सचिव अरुण कुमार चौधरी, भंगहा नगरपालिकाका नगर कमिटी अध्यक्ष किशोरी सिंह लगायत नेता कार्यकर्ताहरू पनि प्रवेश गरेका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्र मधेस प्रदेश कमिटी सदस्य बैजनाथ यादवसहित करिब एक दर्जन कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् ।


सम्बन्धित समाचार