Logo

२९ कात्तिक,जनकपुर ।जाडो मौसम सुरुवात भएसँगै नेपाल रेल्वेले जनकपुरधामदेखि जयनगरसम्म चल्ने रेलको नयाँ समयतालिका सार्वजनिक गरेको छ ।

जनकपुरधामदेखि भारतको जयनगरसम्म र जनकपुरधामबाट बिजलपुरासम्म सञ्चालन भइरहेको नेपाल रेल्वे सेवाको समयतालिका आगामी मंसिर १ गतेबाट परिवर्तन हुने भएको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जनकुमार झाले मसिंरदेखि चिसो बढ्ने र दिउँसोको समयपनि छोटो हुनेहुनाले यात्रुहरुको सेवासुविधालाई ध्यानमा राख्दै समयतालिका परिवर्तन गरिएको बताए ।

दैनिक आवतजावत गरी ६ पटक सञ्चालन भइरहेको रेल बिजलपुरा–जयनगरखण्डमा पूर्ववत दैनिक एक सेवा सञ्चालन हुने जनाइएको छ । जनकपुरधाम–जयनगर खण्डमा दैनिक तीन सेवा सञ्चालन यथावत राखिएको छ ।
परिवर्तनसहित सार्वजनिक गरिएको नयाँ तालिकाअनुसार पहिलो ट्रिपमा रेल भङ्गहा(बिजलपुरा)बाट बिहान ७ः३० प्रस्थान गरी जयनगर ९ः१५ पुग्ने र अन्तिम जयनगरबाट दिउँसो ४ः१५ बाट चल्ने रेल साँझ ७ः१५ बजे भङ्गहा आइपुग्ने छ ।

त्यस्तै भारतको जयनगरबाट बिहान १० बजे प्रस्थान गर्ने रेल जनकपुरधाम ११ः१५ बजे पुग्ने छ भने सोही रेल जनकपुरधामबाट बिहान ११ः४५ बजे चल्ने रेल जयनगर दिउँसो १ः१५ बजे पुग्ने छ । त्यस्तै जयनगरबाट दिउँसो १ः४५ बाट चल्ने रेल जनकपुरधाम दिउँसो ३ः१० बजे आइपुग्ने छ भने सोही रेल पुनः जनकपुरधामबाट दिउँसो ३ः१५ बजे सञ्चालन भई दिउँसो ४ः४० बजे जयनगर पुग्ने नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

त्यस्तै दिउँसो ४ः४५ बजे जयनगरबाट बिजलपुराका लागि अन्तिम रेल सेवा सञ्चालन हुनेछ भने सोही रेल साँझ ७ः१५ बजे भङ्गहा पुग्नेछ ।

 


सम्बन्धित समाचार