Logo

२९ कात्तिक,काठमाण्डौ । दीपावलीको अवसरमा भारतको दिल्लीमा वायु प्रदूषण फेरि बढेको छ।

दिल्ली सरकारले कडा प्रतिबन्ध लगाए पनि दिवाली पर्व मनाउन पटाका पड्काउने लगायतका गतिविधि पनि दिल्लीमा वायु प्रदूषण फेरि डरलाग्दो स्तरमा पुगेको हो। दिल्ली वरपरका क्षेत्रहरूले पनि खतरनाक वायु प्रदूषण स्तर रिपोर्ट भएको छ।

दिल्लीबाट करिव १५० माइल टाढा रहेको विश्वका सात आश्चर्य मध्येको एक ताजमहल धुवाँको बाक्लो तहले घेरिएको देखियो। दिपावली पर्वको केही दिन अगाडि, दिल्ली सरकारले वायु प्रदूषणलाई नियन्त्रणमा राख्नको लागि राष्ट्रिय राजधानीमा पटाका बिक्रीमा प्रतिबन्ध लगाएको छ। दिल्ली प्रदूषण नियन्त्रण बोर्डले शहरले पटाकाहरू पड्काएपछि प्रदूषण स्तरमा तिव्र रुपमा बढेको बताएको छ। एजेन्सी

 

 


सम्बन्धित समाचार