Logo

२९ कात्तिक,सेढवा । पर्सा जिल्लाको उत्तरी क्षेत्रमा धान कटानी सुरु भइसकेको छ । जिल्लाको गण्डक नहरको उत्तरी भेगका अधिकांश ठाउँमा धान कटानी सुरु भइसकेको हो ।

चाडबाडसंगै उत्तरी भेगका किसानहरु अहिले धान बाली भित्र्याउनतर्फ केन्द्रीत भएका छन् । धान तयार अर्थात् (पाकी) सकेको हुनाले जिल्लाको उत्तरी भेगका किसानहरु चाडबाडसंगै धान भित्र्याउनतर्फ जुटेका छन् ।
धान पाकिसकेपछि तत्कालै काट्नु पर्छ । नत्रभने धान झर्नेसहित अन्य समस्यासंग सामना गर्नुपर्छ, जसको क्षति किसानलाइ नै हुन्छ ।

त्यसकारण मिहिनेत गरेको फल प्राप्तिका लागि धान पाकिसकेपछि किसानहरु समयमै धान भित्र्याउनतर्फ लाग्ने गरेको उत्तरी भेगका किसानहरुको भनाइ छ ।
गण्डक नहरको उत्तरी भेगका किसानहरु अहिले खासगरी धानबाली अन्तर्गत सोना मंसुली र मोटरी मंसुली धान भित्रियाइरहेका छन् ।

पटेर्वासुगौली गाउँपालिका वडा न ३ का भागवत चौधरीले जिराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, सखुवाप्रसौनीसहितका किसानहरुले सोना सारो, भदैया मंसुली, कतरनी तथा हाईब्रिड जातका धानबाली भित्रियाइसकेको बताए ।
अन्य जातको धानको कटानी भने सुरु गर्न लागिएको उनी बताउँछन् । उनका अनुसार यी धानहरु पाकिसकेको हुनाले त्यसलाई कटानी गरेर घरमा भित्र्याउन लागेका हो । ‘छठ पर्व सकिएसंगै सबै धान भित्रियाउन थालिनेछ,’ उनले भने ।

मेसिनले अझ सहज
कृषि क्षेत्रमा भएको आधुनिकीकरणको विकासले किसानहरुलाई झनै सहज बनाइदिएको छ । अर्थात् कृषि क्षेत्रमा भएको मेशिन तथा औजारको बिकासले धानबाली भित्रियाउन एकदमै सहज भएको किसानहरुको भनाइ छ ।

हार्भेस्टर मेशिन, रिपर तथा थ्रेसर लगायतका आधुनिक मेशिनको प्रयोगका कारण धानबाली कटानी गर्न र दाई गर्न निकै सहज भएको उनीहरु सुनाउँछन् ।उनीहरु भन्छन्,‘पहिलापहिला एक बिघा धान काट्न कम्तीमा २० जना मजदुरको आवश्यकता पर्दथ्यो, त्यो खोज्न पनि निकै समस्या आउँथ्यो ।

यो खर्चिलो पनि उत्तिकै हुन्थ्यो, तर अहिले यो सब झन्झट हटेको छ । किनभने ‘हार्भेस्टर’ मेशिनको प्रयोगले प्रति घण्टामा एक बिघा धानबाली काट्ने र दाई गर्ने समेत भ्याउँछ, जसमा खर्च पनि त्यसको तुलनामा आधा मात्रै लाग्ने गरेको छ ।’

 


सम्बन्धित समाचार