Logo

२९ कात्तिक,बारा । ब्रहमकुमारी राजयोग सेवा केन्द्र जीतपुर ,बाराले भाईटिका कार्यक्रम सम्पन्न भएको छ ।

दिदी,बहिनी नहुनेहरु र काम बिशेषले घर जान नपाएकाहरुले ब्रहमकुमारी राजयोग सेवा केन्द्र जीतपुरका प्रमुख रेणु बहनजीको हातबाट टिका लगाएका थिए । कार्यक्रमको उद्घाटन मदेश सभा सदस्य देव नारायण चौधरीले गरेका थिए ।

परिवारका सदस्यहरु बिचको मनमुटाव र चिसोपना हटाई मिलन गराउने तथा सम्बन्धलाई दरिलो बनाउने माध्यम भाईटिका भएको प्रदेश सभा सदस्य चौधरीले बताउँनुभयो । कार्यक्रममा करिब एक सय जनाले टिका लगाएका थिए ।


सम्बन्धित समाचार