Logo

३० कात्तिक,वीरगञ्ज । हिन्दी फिल्म टाइगर–३ ले घरेलु बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको विवरण आइरहेको छ ।

बलिउड अभिनेता सलमान खान अभिनीत फिल्म ‘टाइगर ३’ ले घरेलु बक्स अफिसमा तीन दिनमा १४४ करोड ५० लाख रुपैयाँ भारु कमाइ गरेको छ ।

१२ नोभेम्बरदेखि प्रदर्शनमा आएको फिल्मले पहिलो दिन ४४ करोड ५० लाख र दोस्रो दिन ५८ करोड कमाएको थियो ।
यसैगरी तेस्रो दिनमा यो फिल्मले ४३ करोड ५० लाख भारु कमाइ गरेको तथ्यांक सार्वजनिक भएको छ ।

अहिलेसम्म तीन दिनमा सर्वाधिक कमाइ गर्ने फिल्महरुमध्ये ‘टाइगर ३’ तेस्रो फिल्म बनेको छ ।
शाहरुख खानको जवानले तीन दिनमा १८० करोड ४५ लाख भारु कमाएको रेकर्ड छ । ‘टाइगर ३’ यशराज फिल्म्सको स्पाइ युनिभर्सको फिल्म हो ।

यो फिल्ममा सलमान खान,कट्रिना कैफ र इमरान हसमीको मुख्य भूमिका छ ।


सम्बन्धित समाचार