Logo

३० कात्तिक,बारा। मानव अधिकार तथा शान्ति समाज बाराको २० औँ सधारण सभा बाराको सिमरामा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घघाटन केन्द्रिय सभापति रामकृष्ण बरालले उद्घघाटन गर्नुभएको हो । कार्यक्रममा प्रमुख वक्ताका रुपमा रहनु भएका केन्द्रिय सभापति बरालले मानव अधिकार, शान्ति, अहिंसा र लोकतन्त्रका लागि वकालत गर्ने संस्था शान्ति समाज भएको भन्दै विश्वका मानवको रक्षाका लागि वकालत गर्ने गरिएको बताउनुभयो ।

हिंसाले मावन अस्तित्व नै समाप्त पार्ने हुँदा कुनैपनि हिंसा जायज छैन । विश्वमा मावन अस्तित्व समाप्त पार्नेगरी भैरहेका आणविक हतियारमाथी प्रतिबन्ध लगाईनु पर्ने उहाँको भनाई थियो ।

“चुरे ध्वस्त पार्न पाईदैनः मरुभुमिकरण गर्ने निती चाहिंदैन“ भन्ने मूल नाराको साथ सधारण सभा भएको हो ।

कार्यक्रमका अवसरमा बारा शाखाका तर्फबाट केन्द्रिय समिति सभापति बराल तथा पूर्व केन्द्रिय सभापति पुडासैनीलाई एकसय थान निम, साल, गुलमोहर लगायत विभिन्न प्रजातीका विरुवा हस्तान्तरण गरिएको थियो ।

कार्यक्रम मानव अधिकार तथा शान्ति समाज बारा शाखाका सचिव, लक्ष्मण साहको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सभापति रघुनाथ लामिछानेको स्वागत मनतब्य रहेको थियो ।ं पूर्व बारा उपसभापति पुष्पराज खतिवडाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

 


सम्बन्धित समाचार