Logo

३० कात्तिक,पर्सागढि । पर्साको पर्सागढि नगरपालिका वडा न ९ जनता सडकस्थित सिङ्गागाही खोलाको पुलमा लगाईएको राष्ट्रिय झन्डा तोडफोड गर्ने तथा च्यात्ने केही युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गएराती करिब साढे १२ बजे एक दर्जनभन्दा बढि युवाको समुहले मादक पदार्थ सेवन गरि पुलमा लगाईएको राष्ट्रिय झन्डा तोडफोड गरि च्यातेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनाको खबर पाएलगत्तै ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली र मनवा प्रहरी चौकीका प्रहरीहरुले ११ जनालाई नियन्त्रणमा लिएका हुन् । ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका ईन्स्पेक्टर रामराजा केसरीले राष्ट्रिय झन्डा च्यात्ने तथा तोडफोड गर्ने ११ जना लाई राती नै पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुलाई ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा राखिएको र उनीहरुको नाम अहिले सार्वजनिक नगर्ने केसरीले बताउनुभयो । पक्राउ परेकाहरुलाई छुटाउन स्थानीयदेखि सांसदहरुले सिफारिस लगाइरहेका समाचार स्रोतले जनाएको छ ।

 


सम्बन्धित समाचार