Logo

३० कात्तिक,बारा। बाराको निजगढमा कलश यात्रा निकालिएको छ ।निजगढ नगरपालिका वडा नं.८ बकैया पुलस्थित सप्तऋषि धर्मशाला परिषरमा सम्ब पुराण ज्ञान यज्ञको अवसरमा आज कलश यात्रा निकालिएको हो ।

बकैया नदीबाट धार्मिक विधि अनुसार कलशमा जल भरेर पूर्वपश्चिम राजमार्गको शहीद चोकसम्म पुगेर शोभा कलश यात्रा कथा बाचनस्थलसम्म आईपुगेर समापन भएको थियो ।

श्रीराम प्रतिष्ठानको संयोजकत्वमा सप्तऋषि सेवा समितिको आयोजनामा भगवान् सूर्यको पूजा–आराधना, भजनकीर्तनसहितको सम्बा पुराण ज्ञान यज्ञको बुधबार साँझ पूर्वाह्न गरिएको थियो ।

यज्ञमा विभिन्न स्थानबाट पण्डित तथा राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको सहभागिता रहने र यज्ञका अवसरमा ग्रह पुजा लगायतका विभिन्न कार्यसमेत गरिने भएकाले भक्तजनहरुले अवसरको सदुपयोग गर्न आयोजक समितिकी अध्यक्ष विष्णु नेपालले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार