Logo

१ मंसिर,वीरगञ्ज । पूर्व सांसद हरिनारायण रौनियारले देशको भलो चिताउने एमाले पार्टी रहेको पाइएको हुनाले त्यसमा प्रवेश गर्न लागेको बताएका छन् ।

जनता समाजवादी पार्टी परित्याग गरी नेकपा एमाले प्रवेशको तयारीमा रहेका रौनियारले राजनीतिक आफ्नो करियरको अनुभव सुनाउँदै भने एमाले पार्टीमा मात्र देश र जनताको पक्षमा काम गर्न स्पष्ट अडान रहेको देखिएको जनाए ।

नेकपा एमालेको यही अडानबाट प्रभावित भइ आफू त्यस पार्टीमा जान लागेको प्रष्टयाएका छन् । उनको तर्क छ – देश जनताको समृद्धिका लागि ठोस दृष्टिकोण चाहिन्छ, जुन एमाले नेतृत्वमा प्रष्ट छ ।

अर्थात् देशको विकासको मामिलामा एमाले अध्यक्ष केपी शर्मा ओलीको दृष्टिकोण क्लियर छ, उनको यही कामबाट प्रभावित भएर देश समृद्ध बनाउँने अभियानमा जुट्न लागेको हुँ ।’

उनका अनुसार पछिल्लो समय राजनीतिक दलको शीर्ष नेतृत्व व्यक्ति केन्द्रित र व्यक्तिगत लाभमा लिप्त छन्, जसको मारमा भुइँ मान्छे परिरहेका छन् ।

‘यसरी मूल नेतृत्व नै व्यक्ति केन्द्रित स्वार्थमा डुबेको छ, जसको असर देश र जनतामा परिरहेको छ । देशक विकास, जनताको समृद्धि र सुखका लागि यस्तो नेतृत्व चाहिन्छ, जसमा स्पष्ट दृष्टिकोण र सापेक्ष अडान होओेस,उनी भन्छन्,‘त्यस्तो नेता एकमात्र केपी ओली हुनुहुन्छ । उहाँको नेतृत्वबाट मात्रै हामीले चाहेको विकास र समृद्धिको अभियान सफल हुन सम्भव छ ।’

शीर्ष नेतृत्व आचरणका कारण अहिले देश आर्थिक रुपमा टाट पल्टिने अवस्थामा पुगिसकेको उनको भनाइ छ ।
सञ्चारकर्मीहरुसंगको कुराकानीमा उनी आफू पर्सा क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा निर्वाचित हुँदा षड्यन्त्रको शिकार भएको समेत सुनाए ।

उनले भने,‘‘म प्रतिनिधिसभामा निर्वाचित भएको थिए । तर अनेक राजनीतिक षड्यन्त्रको चक्रब्युहमा पारियो,निलम्बित भएँ ।’

 


सम्बन्धित समाचार