Logo

१ मंसिर,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जाँच गर्दा पर्सा प्रहरीले १० ग्राम ब्राउनसुगरसहित १ जनालाई पक्राउ गरेको हो ।

पर्सा प्रहरीको टोलीले तिहारको बेला बीरगन्जको रजतजयन्ती चोकबाट जाँचको क्रममा शरीरमा लुकाइ छिपाइ राखेको अवस्थामा पक्राउ गरिएको जनाएको छ ।

प्रहरीको टोलीले परवानीपुर गाउँपालिका नौतन बस्ने युवराज सिंहलाई पक्राउ गरेको जनाएको हो ।
कहाँबाट र कसको मिलोमतोमा ब्राउनसुगर नेपाल भित्रिरहेको बारेमा सूक्ष्म अनुसन्धान चलिरहेको पर्सा प्रहरीको भनाइ छ ।

पक्राउ परेको सिंहलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरी बताउँछ ।


सम्बन्धित समाचार