Logo

१ मंसिर,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले हजारका ३८ थान नेपाली नक्कली नोटसहित २ जनालाई पक्राउ गरेको छ ।

चाडबाडको मौका छोपी नेपाली जाली नोटको कारोबारमा मौलाएको सूचना प्राप्त भएपछि प्रहरीको विशेष टोलीले चलाएको जाँचको क्रममा २ जनालाई पक्राउ गरेको हो । प्रहरीको टोलीले बाराका उमेश कुमार र पर्साका रिषि पटेललाई पक्राउ गरेको जनाएको छ । दुबै जनालाई घण्टाघरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथ एक हजारको ३८ थान नक्कली नोट बरामद भएको प्रहरीले बताएको छ । खोटा चलन सम्बन्धी मुद्दा अन्तर्गत म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको पर्सा प्रहरी प्रमुख कोमल शाहले जनाए ।

पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ ।


सम्बन्धित समाचार