Logo

१ मंसिर वीरगञ्ज । नेपाली कांग्रेस पर्साका पूर्वउपसभापति अशोक जयसवालको निधन भएको छ ।

कांग्रेस पर्साका क्रियाशील नेता जयसवालको करिब ५५ वर्षको उमेरमा निधन भएको बताइएको हो ।

पारिवारजनका अनुसार जयसवाल विगत ७ वर्षदेखि विरामी थिए । ‘एमएनडी’ नामक रोगले उनी पुरै थलो परेका थिए ।

परिवारजनका अनुसार जसले गर्दा शारीरिकरुपमा जयसवाल पुरै अशक्त भइसकेका थिए । तर चिकित्सककै रेखदेखमा भने उनको उपचार चलिरहेको थियो ।

अचानक स्वास्थ्यमा समस्या आएपछि थप उपचारको लागि जयसवाललाई बीरगन्जको बयोधा अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारको क्रममा पूर्वसभापति जयसवालको निधन भएको अस्पताल स्रोतले जनाएको छ । जयसवाल पर्साको रामनगरी निवासी हुन् । उनका २ छोरा र तीन छोरी छन् ।


सम्बन्धित समाचार