Logo

१ मंसिर वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं १४ गण्डकबाट प्रहरीले लागुऔषध सहित एकजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले बाराको परवानीपुर गाउँपालिका वडा नं। ४ बस्ने ३५ वर्षीय ध्रुव रामलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीको चेकिङ टोलीले वीरगञ्जबाट परवानीपुरतर्फ जादैँ गरेको ना २१ प ४५८६ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो । सोही क्रममा रामले मोटरसाइकलको लुकिङ ग्लासमा लगाएको कालो रंगको रबरको खोलभित्र सेतो प्लाष्टिकमा लुकाइछिपाई गरि राखिएको अवस्थामा लागुऔषध फेला पारेको प्रहरीको दाबी छ ।

उनको साथबाट लागुऔषध खैरो हेरोइन ६ ग्राम ५०० मिली ग्राम फेला पारेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिनुभयो ।

पक्राउ परेका रामविरुद्ध लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भईरहेको डिएसपी थापाले बताउनुभयो ।


सम्बन्धित समाचार