Logo

फाइल तस्वीर

२ मंसिर,वीरगञ्ज । हिजोबाट विधिवतरुपमा शुरु भएको लोकआस्थाको पवित्र छठ पर्वको आज दोश्रो दिन खरना मनाईदै छ ।

आज कात्तिक शुक्ल पञ्चमी, रसियाव रोटी चन्द्रमालाई चढाएर प्रसादको रुपमा खाने चलन छ । कात्तिक शुक्लपक्षमा चार दिन सम्म मनाइने छठ पर्वको पहिलो दिन हिजो ‘नहाय-खाय’ गरिएको छ ।

छठ पर्वको पहिलो दिन हिजो छठ गर्ने व्रतालुहरुले खोला, नाला, नदी, पोखरी, तलाउ लगायतका जलाशयमा नुहाइधुवाई गरेर शुद्ध भई लसुन र प्याज बेगरको चोखो साकाहारी खाना खान्छन् ।

छठको व्रतालुहरुले आज दिनभरि निराहार व्रत बसि साँझ आफ्नो कुल देवताको पूजा कोठामा नयाँ चुलो बनाएर त्यसैमा चामल र भेलीको खीर रसीआव तथा गहुको रोटी प्रसादका रुपमा पकाएर उक्त प्रसाद अर्थात ‘रसियाव रोटी’ चन्द्रोदय पछि चन्द्रमालाई चढाएर पूजापाठ गर्ने गर्छन् ।

त्यसपछि भोली सँझिया घाट अस्ताउँदो सुर्यलाई अर्घ दिईने छ भने पर्सि उदाउँदो सुर्यलाई अर्घ दिएर यसपालिको छठ पर्व समापन हुनेछ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने धार्मीक जनविश्वास रही आएको छ ।

विशेषतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइन्छ । तीन दिनसम्म एक थोपा पानीसमेत नखाई व्रत बस्नुपरेकोले छठ पर्वलाई कठोर पर्वको रुपमा लिईन्छ ।

छठ पर्व नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृति भएका कारण यसका निम्ति आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न नागरिक व्यस्त रहेका छन् ।


सम्बन्धित समाचार