Logo

३ मंसिर,वीरगञ्ज ।आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज आइतबार भारत र अष्ट्रेलियाबीच उपाधि भिडन्त हुँदैछ ।

खेल भारतको अमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुने छ ।

साउथ अफ्रिकामा सन् २००३ पछि यी दुई टोली पहिलोपटक फाइनलमा आमने–सामने हुँदैछन् । समूह चरणका दुई खेलमा भारत र दक्षिण अफ्रिकासँग पराजित भएको अष्ट्रेलिया त्यसयताका आठ खेलमा जित निकालेर फाइनलमा पुगेको हो भने भारतले अपराजित रहँदै लिगका सबै खेल जितेको छ ।

विश्वकपमा अस्ट्रेलिया सर्वाधिक सफल टिम हो । अस्ट्रेलियाले अहिलेसम्म ५ पटक विश्वकपको उपाधि जितेको छ । भारतले २ पटक मात्रै उपाधि उचालेको छ ।
अस्ट्रेलियाले १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकप जितेको छ भने भारतले सन् १९८३ र २०११ मा उपाधि प्राप्त गरेको थियो ।


सम्बन्धित समाचार