Logo

३ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले रौतहटबाट ४ थान अत्याधुनिक हतियार बरामद गरेको छ ।

रौतहटस्थित यमुनामाई नगरपालिका वडा नं. ३ स्थित एक घर बाट आइतबार दिउँसो ९ एमएम पेस्तोल ३ नाल, त्यसमा लाग्ने गोली १३ गोटा, म्याग्जिन ६ वटा तथा एयर गन १ नाल समेत बरामद गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवम् डीएसपी शैलेन्द्र थापाले बताए ।

सो घरमा हतियार लुकाएर राखिएको भन्ने बिशेष सूचनाको आधारमा ब्युरोले आइतबार दिउँसो खानतलासी गरेको थियो । बरामद हतियार मध्ये २ नाल पेस्तोल मेड इन यूएसए र एक नाल मेड इन इन्डिया लेखिएको छ ।

हतियार सहित मोबाइलको सीमकार्ड, मोबाइल, शेख एजाज अहमदको नाममा जारी गरिएको नागरिकता समेत बरामद भएको डीएसपी थापाले जानकारी दिए ।

हतियारको खानतलासी गर्न पुगेको सशस्त्र प्रहरीको टोलीलाई स्थानीयले अवरोध गरेका थिए । स्थानीय व्यक्तिहरुको अवरोधका बाबजुद सशस्त्र प्रहरी बलले उक्त परिणामको हतियार बरामद गरको हो ।

हतियार बरामदपछि स्थानीयबासिन्दाले ढुङ्गामुढा गर्दा प्रस्तावित सिमा सुरक्षा गुल्म गौर र सुरक्षा बेश देबाहीको गाडीको सिसा फुटेको छ ।


सम्बन्धित समाचार