Logo

४मंसिर,वीरगञ्ज ।उदाँउदो सुर्य भगवानलाई अर्घ दिएसंगै यस वर्षकोे छठ पर्व विधिवत समापन भएको छ।
कार्तिक शुक्लपक्षको सप्तमी तिथी अर्थात सोमबार बिहान छठघाटको जलाशयमा ब्रतालुहरुले उदाँउदो सुर्य भगवान र छठी मातालाई अर्घ दिएसंगै छठ पर्व विधिवत रुपमा समापन भएको हो।

श्रद्धा, भक्ति र लोकआस्थाको चाड छठ पर्ब शुक्रबार देखि विधिवत शुरु भएको थियो ।सत्य र अहिंसा प्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने महान् चाड छठ पर्ब कात्तिक शुक्लपक्षमा चार दिन सम्म मनाइन्छ।

छठ पर्बको पहिलो दिनलाइ नहाए खाएके दिन पनि भन्ने गरिन्छ ।छठ पर्बको पहिलो दिन शुक्रबार छठका व्रतालुहरुले खोला, नाला, नदी, पोखरी , तलाउ लगायतका जलाशयमा नुहाइधुवाई गरेर शुद्ध भई लसुन र प्याज बेगरको चोखो साकाहारी भोजन ग्रहण गरेका थिए ।

छठको दोश्रो दिन ‘खरना’ गरि ब्रतालुहरुले ३६ घण्टे निर्जल ब्रत शुरु गरेका थिए।
छठको तेश्रो दिन अर्थात षष्ठी तिथीमा आइतबार छठको मुख्य दिन ब्रतालुहरुले नदि , पोखरी , तलाउ लगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुगेर साँझ पख अस्ताउदो सुर्य भगवान र छठीमातालाई अर्घ दिएका थिए।

सोमबार सप्तमी तिथीका दिन बिहान सुर्य उदाउनु भन्दा पहिले नै ब्रतालुहरु सुपली र ढकनीमा सजाएर राखिएको प्रसाद , फलफुल लिएर छठघाटको जलशायमा पसेर उदाउँदै गरेका सुर्य र छठीमातालाइ अर्घ दिएका थिए ।

सुर्यलाइ अर्घ दिए पछि छठघाटमै ब्रतालु महिलाहरुले एक अर्काको नाकको टुप्पा देखि सिउँदो सम्ममा सिन्दुर लगाइ दिन्छन् । त्यसपछि उनिहरु आ आफनो घर फर्किन्छन् । उदाउदा सुर्यलाइ अर्घ दिएपछि छठ पर्ब विधिवत रुपमा समापन हुन्छ । यसदिनलाइ ‘परना’ वा ‘पारन’ भन्ने चलनपनि छ ।

नेपालमा पहिला तराई क्षेत्रमा सीमित यो पर्व केही वर्षदेखि काठमाण्डौ उपत्यका तथा विभिन्न पहाडी जिल्लामा पनि मनाउन थालिएको छ ।

छठ पर्व मनाउनेहरूले पोखरीको डिल र नदीतटको सरसफाइ गरेर पूजास्थल बनाउँछन् ।

तराईका जिल्लामा रहेका छठी घाटहरूमा लाखौँ रुपैयाँ खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका लागि कामहरू भएका छन् । काठमाण्डौ उपत्यकाका विभिन्न नदी किनारमा पनि छठस्थलहरु सजाइएका छन् ।


सम्बन्धित समाचार