Logo

४ मंसिर,वीरगञ्ज । ठाकुर राम बहुमुखी क्याम्पस, वीरगंजको विज्ञान संकायको प्राणीशास्त्र विभागमा कार्यरत उपप्राध्यापक डा। लालबाबु प्रसाद यादवको निधन भएको छ ।

तिहार अघि नै दुर्घटनामा परेका यादवको एलएस न्युरो अस्पतालमा उपचार सम्भव नभएपछि काठमाण्डौँको नर्भिक अस्पतालमा रेफर गरिएको थियो । नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएको हो ।

उनको निधनप्रति ठाकुरराम बहुमुखी क्याम्पसले दुख व्यक्त गरेको छ । क्याम्पसको फेसबुकपेजमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्न शक्तिको कामना गरेको छ ।

यादव वीरगञ्जको ओम नेशनल एकेडेमीका संचालक हुन् ।


सम्बन्धित समाचार