Logo

५ मंसिर,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको शिक्षा प्रणालीलाई सरल, सहज, जीवनोपयोगी र आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभएको छ । मङ्गलबार काठमाडौँमा एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले उच्च शिक्षाका निम्ति बर्सेनि लाखौँ विद्यार्थीहरू बिदेसिने परिस्थितिले देशको शिक्षा प्रणाली, संरचना, पाठ्यक्रम र कार्यशैलीमा गुणात्मक परिवर्तन आवश्यक देखिएको बताउनुभयो ।

उहाँले शिक्षा क्षेत्रमा अहिले देखिएको सबैभन्दा ठुलो समस्या युवा विद्यार्थीहरूको विदेश पलायन रहेको बताउनुभयो । उहाँले विद्यार्थी देश बाहिर पढ्न जाने र नेपालका विद्यालय तथा विश्व विद्यालय खालि हुँदै जाने गम्भीर स्थितिलाई छिट्टै सम्बोधन गरी विदेश पलायनलाई रोक्नु आजको सबैभन्दा ठुलो चुनौती बनेको औँल्याउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘शिक्षा क्षेत्रमा अहिले देखिएको सबैभन्दा डरलाग्दो स्थिति भनेको युवा विद्यार्थीहरूको विदेश पलायन हो भन्ने हामीले बुझेका छौँ । विद्यार्थी देशबाहिर पढ्न जाने, यता देशका विद्यालय तथा विश्वविद्यालयहरू खाली हुँदै जाने डरलाग्दो स्थितिलाई छिट्टै सम्बोधन गरी यस पलायनलार्ई रोक्नु आजको सबैभन्दा ठुलो चुनौती हो । यस विषयमा सम्पूर्ण बौद्धिक समुदायले गम्भीरतापूर्वक सोच्नुहुनेछ भन्ने मेरो विश्वास छ ।’’

 


सम्बन्धित समाचार