![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/11/368561124_3625540704371835_7550813993107330131_n.jpg?fit=2000%2C900&ssl=1)
५ मंसिर,वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरीमा राप्रपा नेपालको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
मनोज जयसवालको सभापतित्व तथा राप्रपा नेपालको प्रमुख सचेतक सांसद ज्ञानेन्द्र बहादुर शाहीको प्रमुख अतिथित्वमा सम्पन्न भएको कार्यक्रममा राजेन्द्र प्रसाद साह , महन्थ सहनी , नथुनी पन्डित ,पारस साह, बालकिसुन राउत , प्रदिप जयसवाल लगायत सयौं युवा तथा समाजसेवीहरु राप्रपामा प्रवेश गरेको छन ।
पार्टीको केन्द्रिय सदस्य अंगद ठाकुर, बिनोद खड्का, बारा जिल्ला अध्यक्ष गिरधारी चौधरी, नेता अवधकिशोर साह लगायतको सहभागिता रहेको कार्यक्रमको सहजीकरण पुर्व केन्द्रिय सदस्य नगिना यादवले गरेका थिए।