Logo

५ मंसिर, वीरगञ्ज । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) एमाले अध्यक्ष केपी शर्मा ओली राम जन्मभूमिबारे फेरि विवादित धारणा दोहोर्‍याएका छन् ।
पर्साको पोखरियामा राखेको एमाले पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भगवान रामको जन्म भूमि अयोध्या नभएर ठोरी नै भएको दोहोर्‍याएका हुन् ।

एमाले अध्यक्ष ओलीले आज भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने मैले उहिले भगवना रामको जन्मभूमिबारे दिएको अन्तर्वाता अहिले आएर भारतकै सवोच्च अदालतले पनि स्वीकार गरेको पाएँ ।

‘भारतको सर्वोच्च अदालतले अयोध्या भएको ठाउँमा भगवान राम जन्मभूमि भएको कुनै प्रमाण नपाइएको र त्यसको खोजी हुनुपर्ने भनेको छ, अध्यक्ष ओली भन्छन्,‘हो यो कुरा वास्तविक पनि हो, विभिन्न शास्त्र, रामायण, गीता जस्ता धार्मिक ग्रन्थहरुले रामको वास्तविक जन्मभूमि अयोध्यापुरी नै हो लेखेका छन/भनेका छन् । जुन ठोरीमा नै पर्छ ।’

भारतमा रहेको अयोध्या १५० वर्ष अगाडि त फैजावाद रहेको थियो,’ अध्यक्ष ओलीले भने । उनी भन्छन्–त्यसकारण यी सबै सबुत प्रमाणले हाम्रो माडीमा नै रहेको अयोध्यापुरी राम जन्मभूमि भएको पुष्टि भइरहेको छ ।

यो सबको विषयको खोजविन गरेर निर्धकका साथ भन्ने एउटै पार्टी एमाले रहेको भन्दै उनले भने,‘अब तपाइहरु एमालेको मिसन २०८४ लाइ साथ दिनुस, हाम्रो एकल बहुमत आयो भने देशको विकास हुन्छ, सामाजिक एकता कायम रहन्छ, भ्रष्टचारको अन्त्य हुन्छ । समृद्ध नेपाल, सुखी नेपालीको एमालेका अधुरा सपना पूरा हुनछ ।’

एमाले अध्यक्ष ओली आफू २७ वर्षपछि पोखरियामा आएको जनाउँदै यो अवधिमा पोखरिया नगरपालिकाले विकासको मामिलामा केही हदसम्म फड्को मारेको बताए । तर उनका अनुसार यो भने पूर्णरुपमा होइन, अझ यहाँ विकास हुन जरुरी छ ।

अध्यक्ष ओलीले भने,‘पोखरियामा अहिले एक सय बेडको अस्पताल हुनुपर्छ, फोर लेन सडक हुनुपर्छ । यो सबैको साथै जनताको सहजताका लागि यही सबै सरकारी अड्डा पनि राख्निुपर्छ, त्यसपछि नमुना स्मार्ट सिटी बनाउँनु पर्दछ । अनि यहाँको विकास पूर्णरुपमा हुन्छ ।’

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले पोखरियामा देखिएका समस्याबारे आजै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने उद्घोष गरे ।
उनले भने,‘आज ४ बजे प्रधानमन्त्री प्रचण्डज्यूसंग भेटभाटको कार्यक्रम छ, यहाँबाट जाने बित्तिकै सिधै बालुवाटार जान्छु । र, त्यहाँ गएर पोखरिया नगरपालिकामा चाहिने १०० बेडको अस्पताल, चार लेनको सडकसहितका बारेमा जानकारी दिएर चाँडै पूरा गर्न लगाउँछु ।’


सम्बन्धित समाचार