५ मंसिर,बारा । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्रक चालक समितिले बाराको जीतपुरसिमरामा प्रदर्शन गरेका छन् ।
जितपुरसिमरा उपमहानगरपालिकाले कवाडी करको नाममा जथाभावी अनियमित रकम उठाउदै आएको बताउदै ट्रक चालक समितीले उपमहानगर परिक्रमा गर्दै नारा जुलुश गरेका हुन ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्रक चालक समितिका अध्यक्ष नबराज कार्कीले ट्राफिक प्रहरी र स्थानीय जीतपुरसिमरा उपमहानगरपालिका कार्यालय अगाडि गएर दुवैले ट्रकहरुबाट अनियमित रकम उठाउने गरेको आरोप लगाएका छन ।
ट्राफिक प्रहरीकै अगाडि प्रहरीले जथाभावी चेकिङका नाममा अनियमित रकम उठाएर दुःख दिने गरेको उनीहरुले बताएका हुन । अनियमित कर, चालक कुटपिटको बिरोध गर्दै बाराको जीतपुरसिमरामा बिरोध जुलुश तथा सभा सम्पन्न गरेको समितिले पथलैया सिमरा, जितपुर हुदै पुनः पथलैयामा आएर सभा सम्पन्न गरेको हो ।
भारतीय गाडी बन्द गर, ट्राफिक ज्यादती बन्द गर, पार्किङ स्थल निर्माण गर जस्ता नारा उनीहरुले लगाएका थिए ।जुलुश पछि पथलैयामा सम्पन्न सभामा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय महासचिब केशब थापाले गृह मन्त्रालय लगायत सबैमा ज्ञापनपत्र दिएपनि सरकारले नसुनेका कारण आन्दोलनमा उत्रन बाध्य हुनु परेको बताउनु भयो ।