Logo

६ मंसिर,वीरगञ्ज । हेल्पिङ्ग लाइभ्स, लण्डनको आर्थिक सहयोग तथा इन्टरनेशनल युथ सोसाइटी नेपाल, काठमाडौंको समन्वय तथा पिसफोर दलितस फाउन्डेसन नेपाल, मधेश प्रदेश, पर्साको सहजीकरणमा पर्साको ग्रामीण भेगका अति विपन्न, गरिब, मुस्लिम, सीमान्तकृत तथा दलित बालबालिकाको लागि शैक्षिक सामग्री तथा पौष्टिक आहार वितरण गरिएको छ ।

पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा–३ को कौवाबन गाउँको मुसहर बस्तीका बालबालिका, कटैया गाउँको बालबालिका, वडा–५ महुवनको दलित प्राथमिक विद्यालयको बालबालिका, वीरगञ्ज महानगरपालिका वडा–१९ बिन्दबासनी केहुनिया गाउँको बालबालिका गरि ५ सय ६० जना बालबालिकाका लागि शैक्षिक सामग्री तथा पौष्टिक आहार वितरण गरिएको छ । उनीहरुलाई प्रति बालबालिका ६ वटा कापी, २ वटा कलम, ३ वटा सिसाकलम, २ वटा कटर, २ ईरेजर तथा ४ वटा वाइवाइ चाउचाउ र बिस्कुट वितरण गरिएको छ ।

इन्टरनेसनल युथ सोसाइटी नेपालका अध्यक्ष तथा समाजसेवी डा. पिया रतन महर्जनले संस्थाको कामको मुल्यांकन गरि दलित समुदायको सामुदायिक रुपान्तरण, सामुदायिक सशक्तीकरण, विकास तथा बालबालिकालार्य सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । यस्तै प्रेसिडेन्ट अख्तरले समेत आगामी दिनहरुमा फाउन्डेसनसंग सहकार्य गरि दिगो विकास तथा सामुदायिक जीवनमा मद्दत गर्न सहयोग गर्ने जनाए ।

हेल्पिङ्ग लाइभ्स, लन्डनको फाउन्डर प्रेसिडेन्ट तथा समाजसेवी जाबिद अख्तरले पिसफोर दलितस फाउन्डेसन नेपालले गरेको कार्य तथा संस्थाको कार्य क्षेत्रहरूको अनुगमन, निरीक्षण समेत गर्नुभएको थियो । पिसफर दलितस् फाउन्डेशन नेपालले कार्यक्रमको आयोजना गरि समाजको सेवा गरेकाले अख्तरलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरि सम्मानित गरेको थियो ।

दलित अभिभावक संघकी अध्यक्ष उर्मिला देवी मुसहरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

 

 


सम्बन्धित समाचार