Logo

६ मंसिर,पर्सागढि । पर्साको पर्सागढि नगरपालिका वडा नं. ३ मा रहेको प्रसिद्ध धार्मिक स्थल आमोदेबी मन्दिरको प्राङ्गणमा लाग्ने मेलाको आज मेला आयोजक समिती गठन गरिएको छ ।

प्रत्येक बर्ष कात्तिक पुर्णिमाको दिन लाग्ने मेलाको पर्सागढि नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष सुकमान तामाङ्गको अध्यक्षतामा बसेको बैठकले मेला आयोजक समिती गठन गरेको हो ।

मेला आयोजक समितिको अध्यक्षमा पर्सागढि नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष सुकमान तमाङ्ग, उपाध्यक्षमा पर्सागढि नपा वडा न ४ का वडा अध्यक्ष सेख खुर्सेद, कोषाध्यक्ष सर्बत लाल दास, सचिब कुसुम दास थारु, सदस्य हरुमा सीता लामा, रामजिवन खा थारु, जित बहादुर स्याङबो, दिलिप चौधरी थारु लगायत रहेका छन ।

त्यसैगरि जग्गा ब्यवस्थापन समितिमा महेश पंजियारको अध्यक्षतामा ६ सदस्यीय समिती गठन भएको छ । भने शान्ति सुरक्षा समितिमा प्रेम साह कानुको अध्यक्षतामा ९ सदस्यीय समिती गठन गरिएको आमोदेबी धार्मिक वन समितिका अध्यक्ष दिलिप चौधरी थारुले बताउनुभयो ।

कात्तिक पुर्णिमा यहि मङ्सिर ११ गते छ । सोही दिन एकै साथ सात दिदी बैनी रहेको पर्साको आमोदेबि, कोईलाभार, सुगिभार, चोईलाभार, गादिमाई, कानाभार र बाराको करैइयामाईमा परापुर्ब कालदेखि मेला लाग्ने गर्दछ ।


सम्बन्धित समाचार