Logo

६ मंसिर वीरगञ्ज । यहि मंसिर १० गतेबाट पोखरामा आयोजना हुन लागेको केपी ओली टि– २० क्रिकेट प्रतियोगितामा मधेश प्रदेशको तर्फबाट खेल्न पर्साबाट दुई जना खेलाडी चुनिएका छन् ।

मदन भण्डारी स्पोटर्स एकेडेमीको आयोजनामा हुन लागेको प्रतियोगितामा पर्साका सम्साद अंसारी र ईमरान शेख मधेश प्रदेश टोलीमा चुनिएका हुन् । पाँच दिनसम्म पोखरामा आयोजना हुने प्रतियोगितामा देशैभरिबाट १२ वटा टिम सहभागी हुँदैछन् ।

४ वटा समूहमा विभाजन गरिएको प्रतियोगिताको फाइनल खेल पोखरामै १५ गते आयोजना हुनेछ । मधेश प्रदेशसँगै नेपाल पुलिस र सुदुरपश्चिम प्रदेश तेस्रो समूह चरणमा छन् । जनकपुरका हरिशंकर साहको नेतृत्वमा रहेको मधेश प्रदेश टिमको पहिलो खेल नेपाल पुलिससँग हुनेछ ।

दोस्रो खेल भने ११ गते सुदुरपश्चिम प्रदेशसँग हुनेछ । मधेश प्रदेशका क्रिकेट प्रशिक्षक प्रकाश शर्माका अनुसार प्रतियोगिताका लागि खेलाडीहरु पूर्णतः तयार छन् । शर्माले टिममा खेलाडीहरुको पारस्परिक सहभागिताले प्रतियोगिताको प्रबल दाबेदारको रुपमा आफूहरुकोे रहेको बताए ।

टिममा नयाँ खेलाडीहरुको आग्मनसँगै हरेक दृष्टिबाट टिम सम्पन्न भएका कारण जीतको सम्भावना समेत उच्च रहेको जानकारी गराए ।


सम्बन्धित समाचार