Logo

६ मंसिर,जनकपुर । ‘सबै क्षेत्र जुटौ, प्रतिजैविक प्रतिरोध रोकथाम गरौँ’का मुल नाराका साथ विश्व प्रतिजैविक प्रतिरोध सचेतना मधेशभर चलिरहेको छ ।

मानिसले स्वास्थ्य निको हुनुको नाममा जथाभावीरुपमा आफुखुसी अनुसार एन्टिबायोटिक औषधी दुरुपयोग हुदाँ मानव तथा पशुपंक्षीसमेतको स्वास्थ्यसँग खेलवाड भइरहेको भन्दै विश्व प्रतिजैजिक प्रतिरोध सचेतना अभियानको पाँचौँ दिन प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पत्रकार सम्मेलन आयोजना गर्दै चिकित्सकले लेखेर दिएको औषधी मात्रै प्रयोग गर्न आग्रह गरेका छन् ।

आयोजित पत्रकार सम्मेलनमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. श्रवणकुमार मिश्रले जैविक प्रतिरोधका कारण हरेक वर्ष एक करोड भन्दा बढी मानिसको मृत्यु हुनसक्ने अनुमान गरिएकाले एन्टिबायोटिक औषधीको दुरुपयोगलाई कडाईका साथ रोक्नुपर्ने आवश्यकता रहेको औल्याएँका छन् ।

निर्देशक डा. मिश्रले मानव स्वास्थमा स्वास्थ निको हुने भन्ने भ्रममा सामान्य भनसुनको आधारमा औषधी पसलबाट सहजैरुपमा एन्टिबायोटिक औषधी पाउनाले पनि मानवजिवनमा आउनेदिनमा दिर्घकालिन असर पर्ने र यसका कारण मृत्युसमेत हुनसक्ने भएकाले अहिले देखि सचेत बन्नु आवश्यकता रहेको बताए ।

उनले मानव स्वास्थ्यसँगै मासुजन्य पशुपंक्षीलाई ठुलो पार्ने नाममा पोल्ट्रीहरुलेसमेत एन्टिबायोटिकको प्रयोग गरिरहेको बताए । उनले मानव स्वास्थ्यदेखि पशुपंक्षीसमेतमा एन्टिबायोटिकको प्रयोगले दिर्घकालिन रोगलाई निम्तो दिनु रहेकोले यस किसिमको कार्यलाई निरुत्साहित गर्नुपर्ने बताए ।

उनले एन्टिबायोटिक औषधीको प्रयोगको विधि नहुदाँ नेपालमा यसको दुरुपयोग बढी भइरहेको बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य शाखाका निर्देशक डा. राजिवकुमार झाले सहजैरुपमा औषधि पसलमा एन्टिबायोटिक औषधी भेटिनु नै मानवजिवनको मुख्य चुनौती रहेको बताए ।

उनले अहिले देखि नै एन्टिबायोटिक प्रयोग न्युनिकरण गरिएमा मानवस्वास्थ्यका लागि आउने दिनमा स्वास्थ्य रहनेसक्ने दावी गरे ।
उनले चिकित्सक र स्वास्थ्यकर्मीले रिपोर्टको कल्चरलको सुरुवाती गरेमा एन्टिबायोटिक औषधीमा कमी आउने र व्यवस्थितसमेत हुने बताए ।यो सचेतना अभियान अझै दुई दिनसम्म चल्नेछ ।


सम्बन्धित समाचार