Logo

७ मंसिर, काठमाडौ। नेपाल सुपर लिग फुटबल शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ ।

दशरथ रंगशालामा हुने प्रतियोगितामा नौं वटा फ्रेन्चाइज टोलीहरुले भाग लिदैछन् । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट मेनेजमेन्टले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिताको यो दोस्रो संस्करण हो ।

प्रतियोगिताको पहिलो संस्करण कोभिड महामारीको बेलामा बन्द रंगशालामा गरिएको थियो । यसपटकको प्रतियोगितामा पहिलो संस्करणका ७ मध्ये ६ टोली साविक विजेता काठमाडौं रेजर्ससँगै साविक उपविजेता धनगढी एफ।सी, ललितपुर सिटी, पोखरा थन्डर्स, एफ।सी चितवन र बुटवल लुम्बिनी एफ।सी सहभागी छन् ।

तीन वटा नयाँ टोली झापा एफ।सी, स्पोर्टीङ इलाम डे मेची र वीरगंज युनाइटेड पहिलो पटक प्रतियोगितामा सहभागी हुँदा अघिल्लो सिजन खेलेको बिराटनगर एफ।सी भने बाहिरिएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा भोलि साविक विजेता काठमाडौं रेजर्सले नयाँ टोली इलामको सामना गर्नेछ ।


सम्बन्धित समाचार