Logo

७ मंसिर, काठमाडौ। मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहले बिहीबार काठमाण्डौको बल्खुमा प्रदर्शन गरेको छ ।

प्रदर्शनका क्रममा युवासंघका कार्यकर्तासँग जम्काभेट हुँदा दुई पक्षीय झडपको अवस्था निम्तिएको छ । सो क्रममा ढुंगा हानाहानको अवस्था निम्तिएको हो ।  हिन्दुवादी र राजवादीहरुसहितको प्रर्दशनमा सहभागीले सरकारविरुद्ध चर्का नाराबाजी गरेका छन् भने शंख बजाउँदै हिन्दुराष्ट्रको पक्षमा नारा घन्काएका छन् ।

उनीहरुले प्रचण्ड नेतृत्वको सरकारका साथै एमालेविरुद्ध मुर्दावादको नारा लगाउँदै हिन्दुराष्ट्र जिन्दावादको नारा लगाएका छन् । प्रदर्शनका लागि प्रसाईँका समर्थकहरु बल्खुमा भेला हुने क्रम जारी छ। प्रदर्शनमा राष्ट्रिय झण्डासमेत प्रयोग गरिएको छ।


सम्बन्धित समाचार