Logo

७ मंसिर,काठमाडौं । काठमाडौंको तीनकुने र बल्खुमा जामर प्रयोग गरिएको छ । बल्खुमा दुर्गा प्रसाईं र युवा संघबीच झडप भएपछि अहिले त्यहा प्रहरीले जामर भेहिकल सञ्चालन गरेको हो ।

उता, तीनकुनेमा पनि जामर भेहिकलको प्रयोग गरिएको छ । मोबाइल नेटवर्क सम्पर्क विच्छेद गराउन सो प्रविधि चलाइन्छ । यो प्रविधि प्रयोग गरेसँगै अहिले त्यहाँ मोबाइल नेटवर्क देखाएको छैन ।

मेडिकल व्यवसायी प्रसाईं र युवा संघको प्रदर्शनस्थलमा प्रहरीले जामर भेहिकल प्रयोग गरेको हो ।

प्रसाईंको टोलीका लागि बल्खु र युवा संघका लागि तीनकुने स्थान तोकिएको छ ।युवा संघले माइतीघरमा प्रदर्शनको कार्यक्रम राखे पनि सरकारले निषेधाज्ञा घोषणा गरेकाले तिनकुनेमा प्रदर्शन गरेको हो । बिहीबार नै दुर्गा प्रसाईंको नेतृत्वको समूहले पनि काठमाडौंको बल्खुमा प्रदर्शन गरेको छ ।


सम्बन्धित समाचार