Logo

७ मंसिर,काठमाडौं । काठमाडौँको बल्खुमा अवस्था तनावग्रस्त भएको छ। दुर्गा प्रसाईंका समर्थक र प्रहरीबीच झडप हुँदा अवस्था तनावग्रस्त बनेको हो।

अहिले प्रहरीले दर्जनौं अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ। मेडिकल व्यवसायी समेत रहेका प्रसाईंका समर्थक र प्रहरीबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिनका लागि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरिएको हो।

प्रसाईंले आफ्ना ८ जना समर्थकलाई प्रहरीले घाइते बनाएको दाबी गरेका छन्। उनका अनुसार एकजना सर्वसाधरण पनि घाइते छन्। घटनामा प्रहरी पनि घाइते भएका छन्।


सम्बन्धित समाचार