Logo

८ मंसिर,काठमाडौं । काठमाडौंको आफ्नै घरमा नजरबन्दमा परेपछि दुर्गा प्रसाईंले घरबाटै पत्रकार सम्मेलन गरेका छन् ।

मेडिकल व्यवसायी प्रसाईंले घरबाटै पत्रकार सम्मेलनको आयोजना गरेर आफूलाई जहाँ लगेर थुने पनि पछाडि नहट्ने बताएका छन् । सबैको सामना गरेर अगाडि बढ्ने पत्रकार सम्मेलनमार्फत उनले उद्घोष गरेका छन् ।
उनले भनेका छन्– ‘म नागरिक बचाउन आएको हुँ, त्यसकारण कुनै शक्तिबाट डराएर म भाग्नेवाला छैन । यो मेरो प्रष्ट धारणा हो ।’

‘मैले जनताका लागि बोल्दा ‘हाउस एरेस्ट’ हुनुपर्ने ?’ उनी प्रश्न गर्छन, ‘के हामीले गणतन्त्र यसैका लागि ल्याएको हो ?’
पत्रकार सम्मेलनमार्फत प्रसाईंले भने, ‘म क्यान्सर सर्भाइभर हुँ । कति बाँच्छु मलाई नै थाहा छैन ।

प्रचण्डसँग धेरै लामो संगत गरेको हुँ । हिजो जंगलबाट झिकेर सत्तामा पुर्याउने म पनि हुँ । हिजो जनतालाई गरेको बाचा पूरा भयो कि भएन? आज उहाँलाई सत्तामा पु¥याउने र राजसंस्था फ्याक्ने आज राजा भएको देशमा काम गर्दैछन् ।

उहाँहरुका ५० हजार घाइतेमध्ये मैले २० जनाको त गोली निकालेको छु । १७ हजार मरेका छन् । उनीहरुले के पाए ?’‘जनताको आवाज उठाउँदा मलाई एरेस्ट गरिन्छ , हिजो सैनिक हिरासतको कठोर यातना भोगेको हुँ ।

पुलिसको यातना भोग्न पनि तयार छु ।’ प्रसाईंले थपे ।
आफूलाई पक्राउ गरेर यो अभियान नरोकिने उनको भनाइ छ । यो व्यवस्था परिवर्तन नहुञ्जेल काठमाडौंका पसलहरु बन्द गर्न उनले आह्वान गरे ।


सम्बन्धित समाचार